चितवन — नारायणगढ मुग्लिन सडकको टोपे खोलामा शुक्रबार बिहान पहिरो खसेपछि दुई तर्फी रुपमा नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । बिहान पौने नौ बजेतिर सो ठाउँमा पहिरो खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । बाटो खुलाउन डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।नारायणगढ मुग्लिन सडक र पृथ्वीराजमार्गमा पहिरो खसेका कारण बिहीबार दिनभर बाटो अवरुद्ध थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदै फेरि टोपे खोलामा पहिरो खसेपछि सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको छ । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यसलाई राजधानीको लाइफ लाइन अर्थात जीवनरेखा नै भन्ने गरिन्छ ।
प्रकाशित : २०७९ जेठ २७ गते ९:३५
Facebook Comment