कावासोती -जेष्ठ २० पूर्वि नवलपरासीमा चर्को माइकिङ गर्न र हर्न बजाउन नपाइने भएको छ । चर्को आवाजमा माइकिङ गरे र हर्न बजाए प्रहरीले त्यसलाई नियन्त्रणमा लिने गरेको छ ।
ठुलो आवाजमा माइकिङ गर्ने तथा हर्न प्रयोग गरेर ध्वनीप्रदुषण गर्ने गरेमा हर्न तथा माइक नियन्त्रण लिने जिल्ला कार्यालय नवलपरका प्रहरी नायव उपरिक्षक एबं प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो । साना व्यवसायीले व्यबसायिक प्रयोजनका लागि फलफुल , मकै ,तरकारी , सिरक , जुत्ता चप्पल भाडाकुडा लगायतका सामग्री बिक्रीका लागि गाउँघरमा चर्को आवाजमा माइकिङ गर्ने गरेका छन् ।
उनीहरुले साना चारपाङ्ग्रे , अटोमा तथा साइकलमा माइकिङ गरी सामाग्री बिक्री बितरण गर्ने गरेका हुन । प्रवत्ता पाठकले भन्नुभयो “ध्वनी प्रदुषण गरेमा त्यस्ता सामग्री नियन्त्रणमा लिन्छौ ।” प्रहरीले नवलपुरको कावासोती क्षेत्रबाट मात्रै एकहप्ता भित्र १ हजार ५ सय ९० वटा हर्न नियन्त्रणमा लिएको छ । कावासोती फलफुलचोकमा गरिएको चेकिङमा मात्रै ९ सय ७५ वटा सवारी साधनबाट १ हजार ५ सय ९० वटा हर्न नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय सँगको सहकार्यमा हर्न जफत गरिएको हो । सवारी साधनमा प्रेसर हर्न राखे , गीतको ध्वनी राखे , एक भन्दा बढी हर्न राख्नेलाई कारवाही स्वरुप हर्न नियन्त्रयणमा लिएको हो ।
Facebook Comment