नवलपुर— सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् । आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो ।
तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलनपश्चात काठमाडौं ल्याउने तयारी भइरहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।
चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।
तस्बिर सौजन्य : सशस्त्र प्रहरी ।
प्रकाशित : २०७९ जेठ १६ गते १२:५८
Facebook Comment