भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरुको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् ।
महानगरपालिकाको मेयरमा दोस्रो कार्यभार सम्हाल्दै मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरुले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् ।
प्रकाशित : २०७९ जेठ ११ गते ८:४४
Facebook Comment