४० स्थानीय तह जित्दै सुदूरपश्चिमको पहिलो पार्टी बन्यो कांग्रेस, कहाँ कसले जिते (सूचीसहित)
प्रकाशित : २०७९ जेठ १० गते ९:५६
कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा विवादका कारण अझैसम्म मतगणना सुरु हुन सकेको छैन । यहाँ कांग्रेसले पुनः मतदानको माग गरेको छ भने एमालेले मत गणना गर्नुपर्ने बताउँदै आइरहेको छ । त्योबाहेकका ८७ स्थानीय तहमध्ये कांग्रेसले सबैभन्दा धेरै स्थानीय तहमा जित हासिल गरेको छ ।
यहाँ नेपाली कांग्रेसले ४०, नेकपा (एमाले)ले २५, माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले चार, एकीकृत समाजवादीले दुई र स्वतन्त्र उम्मेदवारले दुई पालिका प्रमुख जितेका छन् ।
उपप्रमुख पनि कांग्रसले नै धेरै जितेको छ । कांग्रेसका ४६, एमालेका २३, माओवादीका ११, नागरिक उन्मुक्तिका तीन, एकीकृत समाजवादीका तीन र एक स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेका छन् ।
नेपाली कांग्रेसले जितेका पालिका
१. डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रसिंह कार्की
२. डडेल्धुरा नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
३. डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत
४. डडेल्धुराको अमरगढी नगरपालिका मेयर डिल्लीप्रसाद जोशी
५. डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत बडायर जोशी
६. बैतडीको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउद
७. बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी
८. बैतडीको पाटन नगरपालिकामा मेयर गौरीसिंह रावल
९. बैतडीको पुरचौडी नगरपालिका मेयर दीपकबहादुर वम
१०. डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय
११. डोटीको आदर्श गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का
१२. डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरबबहादुर साउद
१३. डोटीको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशी
१४. डोटीको दिपायल सिलगढी नगरपालिका मेयर बाजिसिंह खड्का
१५. डोटीको शिखर नगरपालिकाको मेयर दीर्घ बलायर
१६. डोटीको केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाही
१७. अछामको साँफेबगर नगरपालिका मेयर राजेन्द्र कुँवर
१८. अछामको पञ्चदेवल नगरपालिका अम्विका चलाउने
१९. अछामको अछामको वान्नीगढी जयगढ टेकबहादुर साउद
२०. अछामको कमलबजार नगरपालिका मेयर यज्ञ ढकाल
२१. अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद
२२. अछामको रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद
२३. अछामको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउद
२४. बझांगको जयपृथ्वी नगर चेतराज बजाल
२५. बझाङको बुगल नगरपालिका मेयर जयबहादुर धामी
२६. बझाङको मष्टा गाउँपालिका ज्ञानबहादुर बोहरा
२७. बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकाया
२८. बझाङको वित्थडचीर गाउँपालिका अध्यक्ष अम्मरसिंह महर
२९. बझाङको सुर्मा गाउँपालिका खडक बोहरा
३०. बाजुराको स्वामीकार्तिक गाउँपालिका अध्यक्ष भरत रोकाया
३१. बाजुराको त्रिवेणी नगरपालिका मेयर कर्णबहादुर थापा
३२. बाजुराको हिमाली गोविन्दबहादुर मल्ल
३३. कैलाली गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट
३४. कैलालीको लम्की चुँहा नगरपालिका शुशिला शाही
३५. कैलालीको कैलारी गाउँपालिका अध्यक्ष रामसमझ चौधरी
३६. कञ्चनपुरको बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना
३७. कञ्चनपुरको बेदकोट नगरपालिका मेयर भोजराज बोहरा
३८. कञ्चनपुरको कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा
३९. कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर पदम बोगटी
४०. कञ्चनपुरको पुर्नवास नगरपालिका मेयर तोयाराज शर्मा काँग्रेस
नेकपा (एमाले)ले जितेका पालिका
१. बझाङको तलकोट गाउँपालिका कलकबहादुर रोकाया
२. बझाङको साइपाल गाउँपालिका अध्यक्ष मानहबहादुर बोहरा
३. बझाङको थलरा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया
४. कैलालीको चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी
५. कैलालीको वर्दगोरिया नगरपालिका अध्यक्ष कर्ण कुँवर
६. डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा
७. बाजुराको बडीमालिका नगरपालिका अमरबहादुर खड्का
८. बाजुराको बुढीनन्दा नगरपालिका जनककुमार रोकाया
९. बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया
१०. बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर बुढा
११. बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्ष कालिबहादुर शाही
१२. दार्चुलाको दुहु गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर वडाल
१३. दार्चुलाको शैल्यशिखर नगरपालिका मेयर विजयसिंह धामी
१४. दार्चुलाको महाकाली नगरपालिका मेयर नरसिंह चैसिर
१५. दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी
१६. दार्चुलाको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी
१७. बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द
१८. बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष अम्मर कुँवर
१९. बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुस्करराज जोशी (लख्खा भाइ)
२०. बैतडीको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की
२१. कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना
२२. कञ्चनपुर दोधाराचाँदनी मेयर किशोरकुमार लिम्वु
२३. अछामको तुर्माखाद गाउँपालिका अध्यक्ष डम्मरवहादुर विसी
२४. अछामको मंगलसेन नगरपालिका मेयर पदमबहादुर बोगटी एमाले
२५. कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयर रणबहादुर महरा एमाले
नेकपा (माओवादी केन्द्र )ले जितेका पालिका
१. दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे
२. दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामी
३. दार्चुलाको मार्मा गाउँपालिका अध्यक्ष जमानसिंह धामी
४. दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी
५. डोटीको बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडशिला
६. बैतडीको मेलौली नगरपालिका मेयर भीमबहादुर चन्द
७. डडेल्धुराको अजयमेर गाउँपालिका अध्यक्ष उमेश भट्ट
८. डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्की
९. अछामको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँद
१०. कञ्चनपुरको बेलौरी नगरपालिका मेयर पोतीलाल चौधरी
११. बझाङको दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा
१२. बझाङको छविसपाथीभर अध्यक्ष वसन्तबहादुर चलाउने
१३. कैलालीको गौरीगंगा नगरपालिका देवीदत्त कँडेल
१४. कैलालीको मोहन्याल गाउँपालिका देवीदत्त उपाध्याय
नेकपा (एकीकृत समाजवादी)ले जितेका पालिका
१. कैलालीको घोडाघोडी नगरपालिका मेयर खड्का रावत
२. बझाङको केदारस्यु गाउँपालिका अध्यक्ष गणेश बोहरा
नागरिक उन्मुक्ति पार्टीले जितेका पालिका
१. कैलालीको टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारु
२. कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी
३. कैलालीको भजनी नगरपालिका मेयर केवल चौधरी
४. कैलालीको जानकी गाउँपालिका गणेश चौधरी
स्वतन्त्रले जितेका पालिका
१. बैतडीको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी
२. कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल
नेपाली कांग्रेसले जितेका उपप्रमुख
१. डडेल्धुराको गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवा
२. डडेल्धुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मलाकुमारी बोगटी
३. डडेल्धुराको भागेश्वर गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठी
४. डडेल्धुराको अमरगढी नगरपालिका उपमेयर पार्वती झुकाल
५. डडेल्धुराको अजयमेर गाउँपालिका उपाध्यक्ष वसन्ती पाल
६. बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशी
७. बाजुराको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथ
८. बाजुराको त्रिवेणी नगरपालिका उपमेयर कमला न्यौपाने
९. दार्चुला मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंह
१०. दार्चुलाको अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी बोहरा
११. दार्चुलाको नौगाड उपाध्यक्ष जगतसिंह ठगुन्ना
१२. दार्चुलाको दुहु गाउँपालिका उपाध्यक्ष शान्ति वम
१३. कञ्चनपुर दोधाराचाँदनी उपमेयर गंगादेवी जोशी
१४. कञ्चनपुरको बेल्डाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ
१५. डोटीको बोगटान फुडसिल गाउँपालिका उपाध्यक्ष विष्णा देउवा वम
१६. डोटीको बडीकेदार गाउँपालिका उपाध्यक्ष डम्मरीकुमारी विष्ट
१७. डोटीको आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी
१८. डोटीको सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओली
१९. डोटीको पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का
२०. डोटीको दिपायल सिलगढी नगरपालिका उपमेयर कलावती महर (साँउद)
२१. डोटीको शिखर नगरपालिकाको उपमेयर सुनिता रावल (जोरा)
२२. डोटीको केआइसिंह गाउँपालिका उपाध्यक्ष मीनादेवी विष्ट
२३. बैतडीको सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु महर बोहरा
२४. बैतडीको मेलौली नगरपालिका उपप्रमुख पार्वती बोहरा
२५. बैतडीको दशरथचन्द नगरपालिकामा उपमेयर कौशिला चन्द
२६. बैतडीको डिलासैनी गाउँपालिका उपाध्यक्ष भगिरथी बोहरा
२७. बैतडीको पुरचौडी नगरपालिका उपमेयर मीना धानुक
२८. अछामको पञ्चदेवल नगरपालिका हर्कबहादुर रावल
२९. अछामको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्का
३०. अछामको चौरपाटी गाउँपालिका उपाध्यक्ष सरदेवी खड्का
३१. अछामको ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी साउद
३२. बझाङको दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्याल
३३. बझाङको वित्थडचीर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह
३४. बझाङको थलरा गाउँपालिका उपाध्यक्ष राम खाती
३५. बझाङको केदारस्यु गाउँपालिका उपाध्यक्ष मनिषा धामी÷गुर्धामी
३६. बझाङको सुर्मा गाँपालिका अध्यक्ष रमेलाकुमारी मण्डेल (पुजारा)
३७. कैलालीको गौरीगंगा नगरपालिका उपमेयर भोजबहादुर वम
३८. कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउद
३९. कैलालीको कैलारी गाउँपालिका भगवती चौधरी
४०. कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापा
४१. कैलालीको घोडाघोडी नगरपालिका गुलिया चौधरी
४२. कञ्चनपुरको बेदकोट नगरपालिका उपमेयर तुलसी जोशी
४३. कञ्चनपुरको कृष्णपुर नगरपालिका उपमेयर द्रोपती राना
४४. कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका उपमेयर कल्पना पन्त
४५. कञ्चनपुरको भीमदत्त नगरपालिका उपमेयर निलम लेखक
४६. कञ्चनपुरको पुर्नवास नगरपालिका उपमेयर भुलिया राना
नेकपा (एमाले)ले जितेका उपप्रमुख
१. बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता रोकाया थापा
२. बाजुराको बडीमालिका नगरपालिका उपमेयर नन्दा थापा
३. बाजुराको जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरुकला विष्ट
४. बाजुराको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की
५. बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्ट्
६. बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद
७. बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी
८. बैतडीको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की
९. बझाङको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ बोहरा
१०. बझाङको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर
११. दार्चुलाको शैल्यशिखर नगरपालिका उपमेयर शान्ति खडायत
१२. दार्चुलाको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी
१३. दार्चुलाको महाकाली नगरपालिका उपमेयर दुर्गा विष्ट
१४. अछामको कमलबजार नगरपालिका उपमेयर शारदा विष्ट
१५. अछामको बान्नीगढी जयगढ उपाध्यक्ष विन्दु रावल
१६. अछामको तुर्माखाद गाउँपालिका उपाध्यक्ष विमलाकुमारी शाही
१७. अछामको मंगलसेन नगरपालिका उपमेयर संगिता रावल (सोडारी)
१८. डोटीको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहरा
१९. कैलाली गोदावरी नगरपालिका उपमेयर शारदाद्वी रोकाया
२०. कैलालीको लम्कीचुँहा नगरपालिका उपमेयर जुना चौधरी
२१. कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला राना
२२. कञ्चनपुरको लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी
२३. कञ्चनपुरको बेलौरी नगरपालिका उपमेयर जोगराज चौधरी
नेकपा (माओवादी केन्द्र) ले जितेका उपप्रमुख
१. कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष लालदीप गिरीे
२. कैलालीको टीकापुर नगरपालिका उपमेयर खडक शाह
३. दार्चुलाको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याणसिंह धामी
४. अछामको रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा
५. बझाङको मष्टा गाउँपालिका उपाध्यक्ष हर्क धामी
६. दार्चुलाको व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर
७. बझाङको खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णुकुमार थापा
८. बैतडीको पाटन नगरपालिकामा उपमेयर कमल बोहरा
९. डडेल्धुराको आलिताल गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल
१०. डडेल्धुराको पर्शुराम नगरपालिका उपमेयर विमला महत्ता
११. बझांगको जयपृथ्वी नगर उपमेयर रतनबहादुर सिंह माओवादी
नेकपा (एकीकत समाजवादी)ले जितेका उपप्रमुख
१. बझाङको बुगल नगरपालिका उपमेयर धनबहादुर बोहरा
२. बझाङ छविसपाथीभर उपाध्यक्ष लक्षिमन बोहरा
३. अछामको साँफेबगर नगरपालिका उपमेयर शिवबहादुर कुँवर सिलोज
नागरिक उन्मुक्ति पार्टीले जितेका उपप्रमुख
१. कैलालीको जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया
२. कैलालीको भजनी नगरपालिका उपमेयर श्रीमती राजु तिरुवा
३. कैलालीको जानकी गाउँपालिका लालमति कठरिया
स्वतन्त्रले जितेका उपप्रमुख
१. बाजुराको बूढीनन्दा नगरपालिका उपमेयर रामबहादुर बोहरा
Facebook Comment