स्थानीय वायुको प्रभावः मेघगर्जनसहित चट्याङ्, वर्षा र हावाहुरी

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते ८:०४
स्थानीय वायुको प्रभावः मेघगर्जनसहित चट्याङ्, वर्षा र हावाहुरी

काठमाडौं । देशका केही प्रदेशमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणाली एकैछिनमा बदली हुने र थोरै थोरै भागमा मेघगर्जन र चट्याङ्सहित वर्षा र हावाहुरी आउने हुन्छ ।

प्रकाशित : २०७९ वैशाख ७ गते ८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI