काठमाडौं । विद्रोहीको आक्रमणमा परि शान्ति स्थापनार्थ खटिएका एक नेपाली सेनाको मृत्यु भएको छ । मिलिसिया
विद्रोहीको आक्रमणमा परि कंगोमा खटिएका नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
नेपाली शान्ति सेनाको टोली अपरेसन ‘बाली’को दौरान रहेको बेला आक्रमण भएको बताइएको छ । उक्त नेपाली शान्ति सेनाको टोली प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको बेला मंगलबार आक्रमण भएको थियो ।
मृतक नेपाली सेनाको परिचय हालसम्म खुल्न नसकेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले एक बिज्ञप्ति जारी गर्दै एक नेपाली सेनाको अक्रमणमा परि मृत्यु भएको तर उनको परीचय खुल्न नसकेको जनाएको छ ।
राष्ट्र संघले शोक विज्ञप्ति निकाल्दै मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली गर्नुका साथै शान्ति सेनामाथि गरिएको आक्रमणको घोर निन्दा समेत गरेको छ ।
कारवाहीका क्रममा विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थानबाट आक्रमण भएको बताइएको छ ।
अन्य घाइते सेनाहरुको हेलिकप्टरबाट उद्धार गरि अस्पताल लगिएको जनाएको छ ।
प्रकाशित : २०७८ चैत २३ गते ९:५३
Facebook Comment