थुनछेक बहसका लागि पल शाहलाई नवलपुर ल्याईयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २२ गते १६:४९
थुनछेक बहसका लागि पल शाहलाई नवलपुर ल्याईयो

नवलपुर । पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई आज नवलपुर जिल्ला अदालत ल्याइएको हो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । सोही मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागार तनहुँले जनाएको छ ।

गएको चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जिल्ला अदालत नवलपुरले उपस्थित गराउन भनेअनुसार शाहलाई नवलपुर पुर्‍याइएको बताए ।

प्रकाशित : २०७८ चैत २२ गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI