काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
श्रृंखलामा यसअघिका दुवै खेल जितेको नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने योजनामा छ । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो ५०औं खेल हो ।
यही खेलबाट यू-१९ टिमका खेलाडी आदिल अन्सारीले सिनियर टिममा डेब्यु गर्दैछन् । आदिललाई राष्ट्रिय टिम छनोट समितिका प्रमुख दिपेन्द्र चौधरीले डेब्यु क्याप दिए ।
आजको खेलमा नेपालको टिममा एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा आदिल पहिलो रोजाईँमा खेल्दैछन् ।
प्रकाशित : २०७८ चैत १७ गते १२:१९
Facebook Comment