खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १७ गते १०:०२
खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–८, शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैको सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

बालक अकसरको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित : २०७८ चैत १७ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI