काठमाडौं – कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म संचालन हुने फिफा विश्वकपका लागि अहिलेसम्म २७ देश छनोट भइसकेका छन् । जम्मा ३२ टिमको सहभागिता रहने विश्वकपका लागि अब केवल ५ देश मात्र छनोट हुनेछन् ।
आयोजकको नाताले कतार विश्वकपका लागि स्वतः छनोट हुँदा अन्य २६ टिमले हालसम्म विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
जसमा जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोयसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टीना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरब, इक्वेडर, उरुग्वे, क्यानाडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यान्ड, ट्यूनिसिया, मोरक्को र क्यामरुन रहेका छन् ।
बाँकी ५ टिमको टुंगो भने जुनसम्म लाग्नेछ ।
प्रकाशित : २०७८ चैत १६ गते १०:२८
Facebook Comment