मानिसको जीवनमा बुझ्नुपर्ने कुराहरु धेरै छन् । तथापि, यो जीवनलाई नै बुझ्नु अत्यावश्यक छ । तपाईंको जीवनको सबैभन्दा पहिलो कुरा के हो ? ‘तपाईं भित्रबाटै खुशी हुन चाहनुहुन्छ । तपाईं आफ्नो जीवनमा सन्तुष्ट हुन चाहनुहुन्छ ।’ यस्तो इच्छा हरेक व्यक्तिको जीवनमा हुने गर्दछ । तर, आज मानिस लोभ–लालचको दलदलमा फसेको छ । उसले आफ्नो मनमा, आफ्नो दिमागमा लालसा र इच्छाहरुको बोझलाई बोकेको छ । मलाई यो पनि चाहिएको छ, मलाई त्यो पनि चाहिएको छ ! यिनै चाहना, यिनै लोभलाई पूरा गर्छु भन्दाभन्दै हामी आफ्नो पूरै जीवनलाई बिताइदिन्छौँ । तर, आफ्नो वास्तविक आकाङ्क्षालाई बुझ्नै सक्दैनौँ । हाम्रो वास्तविक चाहना हो– शान्तिको चाहना । यदि जीवनमा शान्तिको अनुभव गर्न सकिएन भने जहाँ गए पनि दुःखी नै भइरहिन्छ ।
यसै सन्दर्भमा एउटा कथा छ । एकजना लोभी प्रवृत्तिका राजा थिए । उनलाई थरिथरिका स्वादिष्ट भोजन खाने इच्छा भइरहन्थ्यो । उनले आफ्ना भान्सेलाई भने– ‘एकदम मीठा–मीठा खानाका परिकार तयार पार !’ त्यसैले भान्सेले के सोच्यो भने यसपटक त म यस्तो मीठो परिकार बनाउँछु जसले गर्दा राजा पनि खुशी भएर मलाई पुरस्कार दिऊन् ।
अनि, उनले निकै मीठो मीठाइ तयार पारे । त्यसको वासना पूरै राजमहलमा पैmलियो । राजाले पनि त्यो बास्नाको सुगन्ध लिएपछि उनलाई पनि असाध्यै मन प¥यो । उनले यो सोचे, ‘मलाई लाग्छ, पक्कै पनि भान्सेले नै यस्तो स्वादिष्ट भोजन तयार पारेको हुनुपर्छ ।’
बिस्तारै–बिस्तारै राजमहलका कुनाकानीमा भएका मुसाहरुसम्म पनि त्यो मीठाइको बास्ना पैmलँदै थियो । हुँदाहँदा टाढा–टाढाबाट मुसाहरु त्यो बास्नालाई पछ्याउँदै दरबारमा आउन लागे । पूरै महल मुसैमुसाले भरिभराउ हुन लाग्यो । कहिले पर्दामाथि मुसा चढिरहेका छन्, कहिले खानामा पसिरहेका छन् । राजालाई यो सबै घटनाले सहिनसक्नु भयो ।
राजाले आफ्ना मन्त्रीहरुको सभा बोलाएर भने– ‘यी सबैलाई हटाउने कुनै उपाय खोजौँ !’
मन्त्रीहरुले भने, ‘महाराज ! एउटा तरिका छ । बिरालाहरुलाई बटुलौँ । बिरालालाई ल्याउनासाथ मुसा भाग्छन् ।’
राजाले आदेश दिए, ‘जानुहोस् ! राज्यका सबै ठाउँमा जति पनि बिरालाहरु छन्, सबैलाई समातेर ल्याउनुहोस् ।’
अब राजमहलका हरेक क्षेत्र बिरालाहरुले ढाकिएको छ । सबै मुसाहरु त भागे तर अब जता हे¥यो– बिरालै–बिराला छन् । बिरालाहरु कहिले आफ्ना नङ्ग्राले पर्दा च्यातिरहेका छन् त कहिले गलैँचालाई । राजालाई फेरि अर्को चिन्ताले दुखित तुल्यायो ।
राजाले फेरि सभा बोलाएर भने– ‘मुसा त भागे, अब बिरालाहरुलाई कसरी भगाउने !’
मन्त्रीहरुले भने, ‘महाराज ! कुकुरका डरले बिरालाहरु भाग्छन् ।’
राजाले सिपाहीहरुलाई आदेश दिए, ‘जानुहोस् ! जति पनि कुुकुरहरु छन्, सबैलाई यहाँ ल्याउनुहोस् ।’
सिपाहीहरुले कुकुरहरु लिएर आए । अब त जता हेरे पनि कुकुरै–कुकुर । कुकुरले पूरै राजमहललाई फोहोर बनाउन थाले ।
अब कुकुरबाट हैरान भएका राजा सोच्न लागे । अब के गर्ने ! कुकुरबाट बच्नका लागि हात्तीलाई झिकाइयो ।
त्यसपछि सबैतिर हात्ती नै हात्तीले ढाकेको छ । महलभरि तिनीहरुले भत्काउन–बिगार्न थाले । फेरि राजाले मन्त्रीहरुलाई मुसा ल्याउनका लागि आदेश दिए किनकि हात्ती मुसासँग डराउँछ ।
अब फेरि मुसालाई ल्याइयो । सबै हात्ती त्यहाँबाट छोडेर अन्तै गए । पहिला जसरी नै सबैतिर मुसैमुसाको भीड देखिन थाल्यो । अनि, बल्ल राजालाई महसुस भयो– त्यही मीठाइको बास्नाका कारण यी सबै घटना घटिरहेका छन् । मुसालाई भगाउन उनले भान्सेलाई बोलाएर भने ‘यो मीठाइलाई कतै टाढा लगेर फ्याँकेर आऊ । अबदेखि यस्तो मीठो खानेकुरा कहिल्यै नबनाऊनु ।’ अनि, मीठाइको सुगन्ध हटेपछि मुसाहरु त्यस राजमहललाई छोडेर अन्तै गए ।
सारा संसारको हालत यस्तै छ । लोभका कारणले हामी कुनै समस्यालाई उब्जाउँछौँ । त्यसपछि त्यसको समाधान खोज्छौँ । त्यो समाधानलाई खोज्दा–खोज्दा फेरि अर्को समस्या उत्पन्न हुन्छ । फेरि त्यो समस्याको हल खोज्न थाल्छौँ अनि अरू समस्याहरु उत्पन्न हुँदै जान्छन् । यही क्रमानुसार हामी ती समस्याहरुलाई समाधान गर्नतिर तल्लिन हुन्छौँ । तर, इच्छा र लोभ–लालचको बोझले हामीलाई यति थिचेको छ कि त्यसले गर्दा हामी आफ्नै मूल स्वभावलाई बिर्सन पुग्छौँ । यदि लोभ नै गर्नु छ भने यो श्वासका लागि लोभ गर्नुहोस् । तपाईंभित्र यो जुन श्वास आइरहेको अनि गइरहेको छ यसका लागि लोभ गर्नुहोस् । यसलाई खेर जान नदिनुहोस् । लोभ र चाहनाले हामीलाई दुःख दिन थालेपछि हामीले के कुरामा ध्यान दिन आवश्यक हुन्छ भने ‘हाम्रो वास्तविक चाहना के हो ?’ वास्तवमा हरेक व्यक्तिको हृदय आनन्दमा रहन चाहन्छ । अनि, जबसम्म आनन्द प्राप्त हुँदैन तबसम्म तपाईंको जीवन सफल हुँदैन । त्यसकारण यो संसारको इच्छारूपी बोझलाई बिसाउनुहोस् । अनि, त्यो चीजको दर्शन गर्नुहोस्, जुन हरेक समय तपाईंको श्वाससँगै तपाईंकै हृदयमा अवस्थित छ ।
मूल कुरा त यो श्वासका बारेमा नै हो । यो श्वास कति ठूलो आशीर्वाद हो तर हामी यसलाई बिर्सन्छौँ ! मानिसमा कत्रो कृपा भएको छ किनभने उसले यो जीवन प्राप्त गरेको छ, यो शरीर प्राप्त गरेको छ अनि हरक्षण उसभित्र यो श्वास स्वतः चलिरहेको हुन्छ ।
जीवनको पहिचान नै के हो भने मानिसमा यो श्वास चलिरहेको छ या छैन ? यो श्वास त सृष्टिकर्ताको कृपाले आफैँ आउँछ अनि आफैँ जान्छ पनि । आफ्नो पछाडि उसले यस्तो समयलाई छोडेर गएको हुन्छ जुन कहिल्यै फर्केर आउँदैन । जब एउटा–एउटा श्वास लिनका लागि पनि सङ्घर्ष गर्नुपर्ने हुन्छ नि तब त्यही अन्तिम समयमा मात्रै यसको महत्त्व थाहा हुन्छ । तपाईंको छेउछाउमा जे–जे भइरहेका छन्, तपाईंको जीवनमा जेसुकै भइरहेको भए पनि तपाईं त्योभन्दा माथि हुनुहुन्छ । जसरी फोहोर पानीमा पनि कमलको पूmल रहन्छ तर त्यसभन्दा माथि नै रहन्छ । तपाईं पनि त्यसरी नै रहनुभएको छ ।
किनभने, तपाईंको जीवनको यात्रा तपाईंको पहिलो श्वासबाट भएको थियो । त्यस क्षणदेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो जीवनभरि नै तपाईंको साथमा रहनेछ । तपाईंको अन्तिम क्षणसम्म । यो श्वास तपाईंभित्र आइरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ । यसमाथि ध्यान दिनुहोस् । यदि तपाईंले यही आइरहेको श्वासलाई आफ्नो जीवनमा महसुस गर्नुभयो भने यसले आराम, चैन अनि सन्तुष्टि प्रदान गर्दछ । तपाईं जीवित हुनुभएकोमा आभारी हुनुहोस् । यो अस्तित्व हुनुलाई प्रशंसा गर्ने गर्नुहोस्
प्रकाशित : २०७८ चैत १३ गते १०:४४
Facebook Comment