सुदिप चापागाईं ।
१५ अक्टोबर २०२१ मा मलेसियन र्यापर नेमवी र अष्ट्रेलियन गायक किम्बेर्लि चेन मिलेर फ्रेजाइल गित रिलिज गरे । तर त्यहाँ प्रयोग गरिएका सब्दले चिनको आन्तरिक विषयबस्तु , हङकङ र ताइवानको स्वतन्त्रता विषयमा विवाद निकालेको र चाइनाको कम्युनिष्ट पार्टीको समेत आलोचना महसुस भएको भन्दै सो गितलाई डिलिट गर्न लगाइयो र उक्त च्यानललाई चिनमा ब्यान समेत गरियो ।
त्यस्तै चेरी बम भन्ने गित दक्षिण कोरियामा बन्द गराइयो , त्यहाँ भनिएको थियो यस्ता गितहरुले युवा पुस्तामा हिसां भड्काउछ जबकी उक्त गितको शिर्षकमा बम सब्दको प्रयोग बाहेक कुनै पनि किसिमको हिसां गराउने सिन नै थिएनन गित शान्त रुपमा बनेको थियो । सर्जकका गित मन नपरेर ब्यान गर्ने मुलुकहरु प्राय कठोर शासन भएका मुलुक हुने गर्छन । लोकतान्त्रिक धरातललाई टेकेर अगाडि बढेका मुलुकहरुमा यस्ता घटना कमै सुनिन्छन ।
नेपालमै पनि केही वर्ष पहिले लोकगायक पशुपति शर्माले “लुट्न सके लुट ” भन्ने गित बजारमा ल्याएका थिए । नेकपा एमाले निकट युवा संघले विग्यप्ती नै निकालेर चर्को विरोध गर्न लागेपछी उक्त गित ओरोजिनल च्यानलबाट हटाइयो ।
प्रहरीलाइ नै ठाडो चुनौती दिएको कारण देखाउदै र्यापर भिटेन समातिए । चलचित्रको व्यङ्ग्य गरेका कारण कमेडियन प्रनेश गौतम पनि जेल जानू पर्यो ।
अभिव्यक्ती स्वतन्त्रता अवधारणालाई विभिन्न आख्यानबाट व्याख्या गरिदै आएको परिवेश हो । नागरिकले आफुलाई मन नपरेको कुरा विभिन्न माध्यमबाट जनाउन पाउँछ भन्ने सगंसगैं अधिकारकै नाममा जे पनि गर्न मिल्दैन भन्ने पक्ष विपक्षको बहस उत्तिकै चलिरहेको छ । अन्य पक्षका खबरदारी भन्दा जब राजनितिक कुरितिको खण्डन र नेताप्रती प्रश्नका औंला तेर्सिन्छन त्यतिबेलाका मुद्दा भने अन्य मामिलामा भन्दा पेचिलो नै हुने गर्छन ।
यस्तैमा लोकगितमा नयाँ नयाँ प्रयोगका साथ भेराइटी पस्किदै आएका लोकगायक प्रकाश सपूत यतिबेला “पिरको” कारण चर्चामा छन । उन्ले पिरको मार्फत जनयुद्दको समयलाई पुनरावृत्ति गरेका छन । देशमा नयाँ क्रान्ति ल्याउने उद्देश्यले जङ्गल पसेको तत्कालिन माओवादीको विद्रोहले देशमा नयाँ व्यवस्था ल्याउन सहयोग त पुर्यायो तर त्यतिबेला छेडिएका द्दन्दका घाउ भने अझै बाँकी नै छन । ती घाउहरु पुरिएका त छन तर मेटिएका छैनन , द्दन्दमा परेर कति घाइते भए उनिहरु सास त फेरिरहेका छन तर बाँचेका छैनन ।
द्दन्दकालिन अवस्थाको कृयाको प्रतिकृया हाम्रो समाजमा चलिनै रहेको छ । कति विस्थापित भए कति देशै छोडेर पलायन भए । उ बेला आश्वासन दिएर वा जबर्जस्ति समातेर युद्दमा हिडाइएकाहरुको अन्धकार पक्ष अझै पनि कहालीलाग्दो छ ।
प्रकाश सपुतको ” पिरले ” उ बेला आफ्नै लागी गरेको संघर्षको प्राप्ति बर्तमानमा बांच्नको लागि झनै बढी संघर्ष गर्नुपर्ने बाध्यात्मक परिस्थितिको वास्तविकतालाई उजागर गरेको छ ।
२०५२ साल फागुन १ गते सुरु गरेको माओवादीको विद्रोह र त्यस्ले क्षतविक्षेत बनाएको नतिजा सहजै भुल्न कठिन नै हुन्छ । उक्त विद्रोहमा १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो । बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४,००० उजुरीहरू दर्ता भएका थिए जस मध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। उक्त विद्रोहमा पैतिस सय भन्दा बढी महिलाहरुको मृत्यु भएको प्रारम्भिक रिपोर्टले देखाएको छ ।
यसर्थ पनि महिला कुनै न कुनै माध्यमबाट द्दन्द्द पिडित थिए/ छन भन्नको लागि “पिर” मै घोत्लिनु पर्दैन ।
यधपी यतिबेला “पिरको” चर्चा चुलिएको छ । सब्दको मार्फत मात्र प्रस्तुति रहन्थ्यो भने सायद यो गितको बहस अन्य एङ्गलबाट हुनसक्थ्यो तर भिडियोमा देखाइएका केही बाध्यताका सिनहरुले यो गितलाई नयाँ उचाईमा लगेर बहस गर्ने वातावरण सिर्जना गरिदियो । राजनीतिक तहबाटै वा व्यवस्थासंगै जोडेर आएका सामाजिक संजालका बहसहरु हेर्दा “पिर” सिङ्गो पार्टीलाई नै पिर पार्ने परिस्थिति आयो ।
नजिकिदो स्थानीय निर्वाचन , घट्दो माओवादीको साख , गठबन्धनमा शन्का र प्रचण्डसंग विगतका सारथि आफुसंग नहुनु अनि यहिबेला त्यो माओवादी विद्रोह र त्यस्का घटेका घटनाहरु पुनर्ताजगी हुनुले कतै भविष्यमा आफुहरुलाई गार्हो पार्ने हो कि भनेर पिर मान्नु अशोभाविक पनि होइन ।
राजनितिमा कहिलेकाही यस्ता विषयबस्तु गौण बनेर आउँछन । अहिले निकै चर्चामा रहेका युक्रेनका राष्ट्रपती जेलेन्स्कीसंग लामो समयको राजनितिक पृष्ठभूमि छैन । एउटा टिभी शोमा उन्ले निभाएको नेतृत्वको भुमिका देखेर जनताले सांच्चिकै विश्वास गरे र ७३% भोट सहित वास्तिवकतामै राष्ट्रपति चयन गरिदिए । त्यसैले राजनितिमा क्षणिक कृयाहरु भविष्यसम्मै असर पार्ने गरि आइदिन्छन ।
२०७४ कै निर्वाचनको कुरा गर्ने हो साझा सवालको अस्फोर्ड युनिभर्सिटी र त्यस्मा त्यो बेला र हालका पनि प्रम र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुमाएको धैर्यताले कांग्रेसलाई थप आलोचित बनायो । त्यो बेलाको समग्र चुनावको प्रभाव नेकपा एकताले पारेको भए पनि ती अभिव्यक्तिहरु आलोचना गर्नेहरुलाई खुराक बनेको थियो । नेता तथा कार्यकर्ता तहले के बुज्नु आवस्यक छ भने
लोक गितले समग्र समाज बोक्छ , समाजमा भएका रिति, थिती ,बेथिति, संस्कार, कुसंस्कार , परम्परा , राजनीति बोक्छ । सर्जकले कुनै कुनाबाट भएका राम्रा नराम्रा पक्षलाई टपक्क टिपेर जस्ताको त्यस्तै बोलिदिन्छ्न । ती चिजहरुमा समस्या देखाएर उठाएको भए पनि आफुले सुध्रिने मौका पाएको महसुस गर्नुपर्छ । “पिर” गितले जनताले जनयुद्दको बिर्सिन खोजेको झल्को मात्र ल्याएको होइन , जनयुद्दपछी माथि पुगेर तल बिर्सनेहरुलाई सचेत गराएको पनि हो । ती नेताहरुलाई एकपटक त्यही धर्तीमा बोलाएको पनि हो , जहाँ अझै कैयौँ थला परेर बसेका छन ।
प्रकाशित : २०७८ चैत १ गते ८:५३
Facebook Comment