जन्ती सवार टिपर दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ३० गते ११:१७
जन्ती सवार टिपर दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

काठमाडौं । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका ५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा गएराति जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको हो ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमै पल्टिएको हो ।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दीपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । गम्भीर घाइते चारजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७८ फागुन ३० गते ११:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI