चितवनमा फेरि बर्डफ्लुु

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १२ गते १२:०५
चितवनमा फेरि बर्डफ्लुु

चितवन । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सो फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरेको हो ।

केही दिनअघिदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अन्डा नष्ट गरिएको छ । फर्मलाई सिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरा समेत नष्ट गरिएको उनले जानकारी दिए ।

सो फर्ममा तीन खोर रहेका थिए । एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकामा मरेर ४६ वटा बाँकी रहेका थिए । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकामा मरेर २३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकामा मरेर पाँच हजार २७ बाँकी रहेका केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए ।

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो ।

नले जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताए । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्डफ्लु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन् । रासस

प्रकाशित : २०७८ फागुन १२ गते १२:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI