नवलपुर । ओमनमा जारी टि–२० विश्वकप छनोटमा आज हुने क्यानडाविरुद्धको खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यसअघि नै सेमिफाइनल पुग्ने लगभग निश्चित भइसकेको नेपालले आजको खेल पनि जित्नै ६ अंकका साथ सेमिफाइनल जाने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
नेपाली टोली आज पनि जीतको लक्ष्यसहित मैदानमा उत्रिनेछ । तर, आजको खेल हारे पनि नेपाललाई खासै फरक पर्ने देखिन्न । समूह बीमा यसअघिका दुवै खेल जितेको नेपालको ४ अंक भइसकेको छ । क्यानडाको र ओमनको २–२ अंक छ र फिलिपिन्सले अंक जोडेको छैन ।
नेपालले आजको खेल जितेमा ६ अंक हुनेछ । आजको खेल सामान्य अन्तरले हारे पनि नेपाल शीर्ष स्थानमै कायम रहनेछ किनकि नेपालसँग अंक बराबरी गर्ने सम्भावना रहेको क्यानडाको नेट रनरेट नेपालको भन्दा धेरै कम छ र ओकानको त अति नै धेरै कम छ । यस्तोमा यी दुई देशले नेपाललाई नेट रनरेटमा उछिन्ने गणितीय सम्भावना मात्र बाँकी छ ।
यस्तोमा नेपाल समूहको शीर्ष स्थानमा कायमै रहनेछ । समूह एबाट सेमिफाइनल जाने टिम छिनोफानो भइसकेको छ । समूह एबाट युएइ पहिलो र आयरल्याण्ड दोस्रो स्थानमा रहेर सेमिफाइनल गएका छन् । यस्तोमा समूह बीको शीर्षमा रहेको अवस्थामा नेपालले समूह बीको दोस्रो स्थानमा रहेको आयरल्याण्ड प्रतिद्वन्द्वी पाउनेछ ।
सेमिफाइनल भोलि अपरान्ह पौने ४ बजे हुनेछ । दुवै सेमिफाइनल एउटै समयमा हुनेछन् । सेमिफाइनल जितेर फाइनल प्रवेश गर्ने दुवै टोली आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टि–२० विश्वकपका लागि छनोट हुनेछ ।
Facebook Comment