माओवादीले सरकार छोड्नुपर्ने बाबुरामको तर्क, भने- ‘भेडा भेडासँगै बाख्रा बाख्रासँगै हुनुपर्छ’

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ४ गते १०:१५
माओवादीले सरकार छोड्नुपर्ने बाबुरामको तर्क, भने- ‘भेडा भेडासँगै बाख्रा बाख्रासँगै हुनुपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको बिरोध गर्ने राजीतिक दलहरुले सरकारमा बसिरहन नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीट गर्दै एमसीसीको समर्थक र बिरोधीहरु एक गठबन्धनको सरकारमा बस्न नहुने तर्क गरेका हुन् ।

उनले सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द र एमसीसीबिरोध गरिरहको गगठबन्धनका राजीतिक दलहरुले सरकार छाड्नु पर्ने धारण व्यक्त गरेका छन् ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने, यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन, सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन। भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो’ उनले ट्वीटमा भनेका छन् ।

आज बस्ने संसद बैठकमा एमसीसी टेबुल हुने लगभग निश्चित भएको छ । यद्यपि कसरी अघि बढाउनेबारे निश्चित भएको छैन ।

प्रकाशित : २०७८ फागुन ४ गते १०:१५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI