काठमाडौं । कप्तान जीशन मक्सुद र मोहम्मद नादीमले पाँचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेपछि ओमानले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई १३६ रनको लक्ष्य पेस गरेको छ ।
ओमानको मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।
प्रकाशित : २०७८ माघ २८ गते १७:२४
Facebook Comment