सभामुखलाई संसदमा एमसीसी रोक्ने अधिकार छैन : ओली

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २८ गते १६:२४
सभामुखलाई संसदमा एमसीसी रोक्ने अधिकार छैन : ओली

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका छन् ।

शुक्रबार एमालेद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ शुभारम्भ कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसीसी पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका हुन् ।

उनले भने, ‘संसदमा एमसीसीस पेश नगरी नै सभामुखले रोक्न मिल्दैन, अनधिकृत बलमिच्याइँ गरेका छन् सभामुखले । यो गठबन्धनको पदलोलुपता हो । पहिलेको सभामुखले पनि अनाधिकृत क्रियाकलाप गरेको हो । अहिलेकाले पनि त्यही गरिरहेका छन् । त्यस्तो अनधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ कोही मान्छे पुग्छन् भन्दा शरम लाग्छ । सरकार यसप्रति गम्भीर होस भन्न चाहन्छु ।’

यसअघिका सभामुख कृष्णबहादुर महराले पनि पनि संसदको अधिकारभन्दा गएर एमसीसीलाई अनाधिकृत रुपमा रोकेको ओलीको भनाइ छ । एमसीसी संसदमा पेश भएपछि संसदले पारित गर्ने कि नगर्ने भन्ने छुट्टिने भन्दै संसदमा एमसीसी पेशै गर्न नदिनु ठीक नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले एमसीसीको विषयले मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको पनि बताए । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका नेता फरक फरक कुरा गर्ने र नेपाली जनतासँग पनि फरक फरक कुरा गर्ने गरेको भन्दै उनले त्यसको कडा आलोचना गरे ।

उनले भने, ‘एमसीसीका अधिकारीसँग सेप्टेम्बरमा चार पाँच महिनाको समय दिए पास गर्छौं भनेर किटानी कुरा गर्छन् । यता पास गर्नै हुन्न भन्छन् । सत्ता गठबन्धनकै नेता एउटा पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ ।अमेरिकासँग एक खाले, अरु देशसँग अर्कै खाले कुरा गर्छ, जनतासँग एउटा कुरा गर्छ ।’

प्रकाशित : २०७८ माघ २८ गते १६:२४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI