नवलपुर : चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी एक वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।
बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए ।
बाघले गैडाको प्रजनन अंग समेत खाएकाले केटा या केटी के हो छुटयाउन नसकिएको तिवारीले बताए ।
निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन्।
प्रकाशित : २०७८ माघ २५ गते १४:४४
Facebook Comment