स्थानीय तह निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २० गते ८:०२
स्थानीय तह निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमाले स्थानीय तह निर्वाचनकाे तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता–कार्यकतालाई निर्देशन दिएको हो ।

एमालेले भनेको छ– ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।’

त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशन स्थगित गर्ने निणर्य गरेको छ । बैठकले स्थानीय निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । त्यस्तै एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ।

प्रकाशित : २०७८ माघ २० गते ८:०२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI