परासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा कार्यरत अधिकृत सहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा एक हप्ताको लागि स्थगित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा एक हप्ताको लागि बन्द गरिएको जानकारी दिएका छ्न ।
भारतसँग खुला सिमाना जोडिएको पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दो छ ।
प्रकाशित : २०७८ माघ ३ गते १३:४४
Facebook Comment