सभापति पदको स्वाभाविक दाबेदारीको सहज मार्गप्रशस्त गरेका कोईराला जो कहिलै चुनाव हारेनन

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ५ गते १५:३८
सभापति पदको स्वाभाविक दाबेदारीको सहज मार्गप्रशस्त गरेका कोईराला जो कहिलै चुनाव हारेनन

सन्जय भट्टराई
कावासोती । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका डा. शशांक कोईरालाको १४ औँ महाधिवेशनमा सभापति पदमा दावेदारी स्वाभाविक थियो ।

देश दौडाहाको क्रममा पटक पटक शेरबहादुर देउवालाई आफु बाहेक अरु कसैले हराउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिदै आएका कोईरालाले संस्थापन ईतर समुहबाट साझा उम्मेदवारको रस्साकसी चलिरहेको बेलो टिमका सिनियर नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवारको रुपमा प्रस्ताव गरेर आफ्नो फराकिलो छाती र त्यागको उदाहरण त दिए तर उनले चाहे अनुसार रामचन्द्र पौडेल साझा उम्मेदवार भने बन्न सकेनन ।

संस्थापन ईतरका रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न नसके पछि निर्वाचन प्रक्रिया बाट बाहिरिए पछि शशांक कोईराला सभापति पदका स्वाभाविक दावेदार भए पनि आफ्ना दाजु शेखर कोईरालाले दाबी गरे पछि उनि रोकिएका थिए ।
संस्थापन ईतरका अर्का नेता प्रकाशमान सहमतिमा आउन नसकेपछि पौडेलले मैदान खाली गरे भने संस्थापन ईतरले उनै शशांकका दाजु शेखर काईरालालाई उम्मेदवार त बनायो तर शशांकले पहिले देखि भन्दै आए जस्तै संस्थापन ईतर नमिल्दा पार्टी सभापति सहज रुपमा शेरबहादुर देउवाको पोल्टामा पुग्यो ।

दोस्रो जनआन्दोलन ०६२/६३ पछि आफ्ना काका गिरिजाप्रसाद कोईरालाको ईच्छा अनुसार कोईरालाहरुको विरासत धान्नका लागी राजनीतिमा आएका शशांक यस अघि चिकित्सा पेशामा रमाएका थिए । पार्टी भित्र आफ्नो आवश्यकता महसुस गरिएको र तथा आफ्ना काका गिरिजाप्रसाद कोईरालाको ईच्छाको कारणले राजनीतिमा आएका उनको व्यक्तिव भने सरल छ ।

नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईराला २०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला शशांकको जन्म भएको हो । र, उनी दुई वर्ष पुग्दा नपुग्दै वीपी प्रधानमन्त्रीबाट अपदस्त भए । वीपी जेल परेपछि शशांक भारतको बनारसमा पु¥याइए र उतै उनले विद्यालय तहको अध्ययन पूरा गरे । शशांकले भारतमै आइएस्सी उत्तीर्ण गरे र उतै एममीबीबीएस अध्ययन गरे ।

एमबीबीएस पढ्दै गर्दा थाइल्याण्डकी युवतीसँग शशांकको प्रेम सम्बन्ध भयो । भारतीय पिता र थाई आमाबाट जन्मेकी सुपात्रा (सुफात्रा) भाटिया भारतमा छात्रवृत्ति पाएर अध्यययनरत थिइन् । पछि उनीहरुले नेपालमै आएर विवाह गरे र भारतबाटै शशांक र सुपात्रा दुबै जना एमडीसम्मको अध्ययन पूरा गरी दुबैजना डाक्टर बने । भारतमा रहँदा शशांक र सुपात्रा आमा सुशीलासँगै बसेका थिए । उनीहरु उतै हुँदा वीपी कोइरालाको निधन भएको थियो ।

शशांकपत्नी डा. सुपात्रा कोइराला प्रसुतीसम्बन्धी नेपालकी चर्चित डाक्टर हुन् । सुपात्राले डा. भोला रिजालको ओम अस्पतालमा काम गर्दा प्रसुती सेवामा राम्रो नाम कमाएकी छिन् । उनी कुशल सर्जन मानिन्छिन् । डा. शशांकचाँहि आँखाका डाक्टर हुन् । राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गरेका थिए ।

चिकित्सा पेशाबाट राजनीतिमा होमिएका कोईरालाले ०६४ सालको चुनावमा नवपरासीबाट ३ हजारको फराकिलो मतान्तरले माओवादीका ठाकुरप्रसाद चापागाईँलाई हराएका थिए । कोइरालाले त्यसबेला १७ हजार ४ सय ३० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी चापागाईले १४ हजार ९ सय ७२ मत पाएका थिए । सो क्षेत्रमा ०६४ सालमा एमालेको मत साढे ८ हजार मात्रै आएको थियो । दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी १ नै रोजे र त्यहाँबाट जित हात पारेर संविधानसभामा आए ।
संविधान जारी भए पछिको २०७४ सालको निर्वाचनमा पनि नवलपरासी १ बाट बाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीलाई ४ हजार बढि मतान्तरले हराउदै कोईरालाले तेस्रो पटक आम निर्वाचन जितेका थिए ।

आँखाको शल्य चिकित्सकबाट राजनीतिमा होमिएका कोईरालाले निर्वाचन कहिलै हारेनन, पार्टीको १३ औ महाधिवेशनमा पनि लोकप्रिय मतका साथ महामन्त्रीमा निवार्चित उनि १४ औं महाधिवेशनमा सभापतिको दावेदारी गरिरहदाँ आफ्नै समुहका सिनियर नेता रामचन्द्र पौडेललाई छाडेर सभापतिको दौडबाट बाहिरीए पनि आफ्नै समुह मिलाउन नसक्दा पौडेलले पनि शेखर कोईरालालाई छोडनु परयो ।

वरिष्ठ नेता पौडेल निर्वाचन प्रक्रियाबाटै अलग हुँदा शशांकले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । लो प्रोफाइलमा बसेरपनि योगदान गर्नुसकिने बताएका कोईरालाले केन्द्रीय सदस्यमा खुल्ला तर्फ सर्वाधिक मत ल्याएर विजयी भएका छन । कोईरालाले ३ हजार ८ सय ३६ मत पाएका थिए जुन कुल खसेकोमत को ८१ प्रतिशत भन्दा बढी हो ।

स्वाभाविक सभापति पदको दावेदारका रुपमा रहेका शशांक कोईरालाले शालिन रुपमा सिनियर नेतालाई मार्गप्रस्सत गरे त्यसले उनको उचाईलाई अझै अल्गयाएको छ । बीपी पुत्रको रुपमा चिनिएका उनि पार्टीको १४ औ महाधिवेशन सम्मआई पुग्दा एक शालीन र त्यागी नेताको रुपमा देखिए पनि शेरबहादुर देउवा सँग मिलेर शेखर कोईरालालाई असहयोग गरेका आरोपहरु चिर्न र तितर बितर भएको कोईराला परिवार र संस्थापन ईतर समुहलाई एक बनाउन भने रामै्र कसरत भने गर्नु पर्ने देखिन्छ ।

सम्भवतः वीपीको रुप देखेर जसरी मतदाताले उनलाई लोकप्रिय मत दिए त्यसरी नै मतदाताको भावना बुझेर वीपीको विचार अंगाल्दै उनले काम गरिदिए हुन्थ्यो भनी कामना गर्नु अन्यथा नहोला ।

 

प्रकाशित : २०७८ पुष ५ गते १५:३८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI