काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् ।
बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा
सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदाम्बेले २७११ मत पाएका छन् भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाएका छन् ।
प्रकाशित : २०७८ पुष १ गते २२:४७
Facebook Comment