काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको मतदान कार्यक्रम सकिएको छ । विहान साढे ११ बजेबाट सुरु भएको मतदान भर्खरै सम्पन्न भएको हो ।
चार हजार ७४३ मतदाता रहेकोमा चार हजार ६७९ मत खसेको छ । मतदानको कार्यक्रम सकिएकाले अबको केही समयपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । सुरुमा सभापतिको मतगणना हुनेछ ।
निर्वाचन समितिले राति ९ बजेसम्म मतदानको समय तोकेको थियो । तर, तोकिएको समयमा मतदान नसकिएपछि साढे १० बजेसम्म मतदानको समय थपेको थियो । उक्त समयमा पनि मतदान नसकिएपछि पुनः एक घण्टा समय बढाएर साढे ११ बजेसम्म मतदानको समय लम्ब्याइएको थियो ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिष्पर्धामा छन् ।
प्रकाशित : २०७८ मंसिर २८ गते ०:०४
Facebook Comment