तपाईंको पालिकामा देउवा सरकारबाट कतिले पाउँदैछन् नगद १० हजार ? देशैभरको पूर्णविवरण
NAWALPUR TIMES प्रकाशित : २०७८ कार्तिक २१ गते १७:०९
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृतवको सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद बाँड्ने कार्यविधि नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।
आज बुधवार राजपत्रमा सूचना प्रकाशित गर्दै देउवा सरकारले कोभिड–१९ महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्बाट पारित भइसकेको कार्यविधिले महामारीका कारण प्रभावित विपन्न वर्ग परिवारको यकिन गर्ने, लगत संकलन गर्ने र नगद हस्तान्तरणसम्मको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।
कार्यविधिमा कुन गाउँ/नगरपालिकामा कति जनाले नगद पाउने भन्ने समेत यकिन गरिदिएको छ ।
Facebook Comment