रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायाधीशहरूले राजीनामा दिन नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसद्लाई जोगाएको भन्दै सर्वोच्च्चका न्यायाधीशहरूले राजीनामा दिन नहुने बताएका हुन् ।
उनले ‘लाज पचाएर’ एमाले अध्यक्ष ओलीले न्यायाधीशको राजीनामा मागेको आरोपसमेत लगाए ।
प्रकाशित : २०७८ कार्तिक १६ गते १८:३२
Facebook Comment