काठमाडौं । यो तस्बिर यतिबेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ । सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ ।
यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र वास्तवमै यसलाई हेर्ने बित्तिकै हामीले थाहा पाउन सक्छौँ कि जीवन वास्तवमै कठिन छ र कतिका लागि अत्यन्तै क्रुर पनि छ । तर यस्तो कठोरताका वावजुद बाबु छोरा दुवैको अनुहारमा मुस्कान देख्न सकिन्छ ।
उनका छोरा मुस्तफा भने जन्मदै हात खुट्टाबिना जन्मिएका थिए । तर यो पनि युद्धकै परिणामले भएको हो । यसलाई ‘टेट्रा–एमिलिया सिन्ड्रोम’ भनिन्छ । युद्धका बेलामा उनकी आमा जेनेपले ‘नर्भ ग्यास हमला’ पश्चात् लिनु परेको औषधिका कारण उनमा त्यो स्थिति पैदा भएको थियो ।
यस्तोमा मुस्तफालाई भविष्यमा विशेष किसिमको विद्युतीय प्रोस्थेसेस् अर्थात कृत्रिम हातखुट्टाको आवश्यक पर्नेछ । तर दुर्भाग्यवश् अहिले त्यो टर्कीमा उपलब्ध छैन ।-द गार्जियनबाट
प्रकाशित : २०७८ कार्तिक १५ गते ७:५८
Facebook Comment