NAWALPUR TIMES प्रकाशित : २०७८ कार्तिक १३ गते १८:३०
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर विस्तारै चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुने विभागको भनाइ छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ ।
Facebook Comment