देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि डिल्लीराम कडरियाको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि कडरियाको नेतृत्वमा उप–सभापतिमा भोजेन्द्र बहादुर रायमाझी क्षेत्री, पुरुषोत्तम गैरे, सचिवमा देवेन्द्र भट्टराई, सुन्दर पाण्डे र सह–सचिवमा तनुजा महतो चौधरी, फट बहादुर सुनार (शंकर) ले उम्मेदवारी घोषणा गरेका छन् ।
सभापति पदका उम्मेदवार कडरियाले देवचुली नगरपालिकालाई काँग्रेसमय पालिका बनाउने, गुटबन्दीको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई अगाडि लैजाने उद्धेश्यले नगर सभापतिमा उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले आँफू कुनै गुटको नभई नेपाली काँग्रेसको साँझा उम्मेदवार रहेको समेत जानकारी गराउनुभएको छ ।
यस अघि नगर अधिवेशन असोज ९ गते हुने भनिएपनि १० वा ११ गते हुनसक्ने नेपाली काँग्रेस स्रोतले बताएको छ ।
प्रकाशित : २०७८ असोज ८ गते २१:५६
Facebook Comment