साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते १५:४३
साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौं । १३औँ संस्करण साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । माल्दिभ्समा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल आउँदो अक्टोबर १ मा हुनेछ । दुई टोलीबीचको खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ मा खेल्नेछ । तेस्रो खेलमा नेपालले भारतसँग अक्टोबर ८ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० मा खेल्नेछ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ मा प्रतिस्पर्धा गर्नेछन् । यसअघि, नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको हो ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३औँ साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ ।

प्रकाशित : २०७८ भदौ २ गते १५:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI