काठमाडौं । पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमको निवेदन हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्च अदालतले शुक्रबार सुनुवाई हुन नसकेको जनाउदै हेर्न नमिल्नेमा राखेको जनाएको छ ।
२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र मानिसहरुलाई इटा भट्टामा हालेर ज्यान लिएको आरोपमा पूर्वमन्त्री आलम हाल थुनामा रहेका छन् ।
उनले आफू थुनामुक्त हुनु पर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए । यसअघि उनलाई रौतहट जिल्ला अदालतले थुन्न आदेश दिएको थियो ।
उक्त आदेशलाई उच्च अदालतले सदर मानेको थियो । सो आदेका बिरुद्धमा उनी सर्वोच्चमा पुगेका हुन् ।
उनले दिएको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा पुगेको छ ।
प्रकाशित : २०७८ साउन २९ गते १३:२६
Facebook Comment