देवचुलीमा जग्गाको थैली रकम मालपोतले तोके अनुसार , कर्मचारीको एक तह स्वत: बढुवा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २१ गते १५:४१
देवचुलीमा जग्गाको थैली रकम मालपोतले तोके अनुसार , कर्मचारीको एक तह स्वत: बढुवा

सन्जय भट्टराई/कावासोती ।
देवचुली नगरपालिकामा जग्गाको थैली रकम मालपोत कार्यालयले निर्धारण गरे बमोजिम हुने गरि कायम हुने भएको छ ।

बिहिबार सम्पन्न देवचुली नगरपालिकाको विषेश नगरसभाले सम्पतिकर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन विधेयक पास गरेको र अबका दिनमा जग्गाको थैली रकम मालपोत कार्यालयले तोके भन्दा बढी नहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।

मालपोत कार्यालय कावासोतीले रजिष्ट्रेशन कायम गरेको भन्दा देवचुली नगरपालिकाको मूल्यांकन रकम बढी भएपछी नगरबासीहरु र जनप्रतिनिधि बाट समेत गुनासो आएको हुँदा विषेश नगरसभाबाट सम्पतिकर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन गरिएको नगर प्रमुख पुर्णकुमार श्रेष्ठले बताए ।

बिहीबार सम्पन्न विषेश नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को सम्पति कर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन विधेयक सर्वसम्मतले पास गरेको हो ।

त्यसै गरि विषेश नगरसभाले विधायन समितिका संयोजक दिनानाथ भुसालद्वारा प्रस्तुत स्थानीय निकायमा कर्मचारीहरुको बढुवा सम्बन्धि विधेयक समेत पारित गरेको छ । स्थानीय निकायका कर्मचारीहरुको बढुवाका लागि दरबन्दी स्वीकृत गरि साविक पदमा रहेकालाई योग्यता अनुसार स्वत: एक तह माथिल्लो पद कायम गर्ने गरि पाँचौं देखि सातौं तहका ७ पदहरुको दरबन्दी सिर्जना गर्ने विधेयक सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

दुवै विधेयकहरु नगरप्रमुखले प्रमाणीकरण गरेर स्थानीय राजपत्रमा प्रकाशित गरे पछि लागू हुने छ्न ।

प्रकाशित : २०७८ साउन २१ गते १५:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI