पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । सोमबार प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् ।
पदबहाली गर्ने क्रममा उनले संघीय लोकतन्त्रलाई संस्थागत गर्ने आफूहरूको प्रमुख दायित्व भएको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन् । उनीसहित लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरिएको थियो ।
प्रकाशित : २०७८ साउन १८ गते १६:३६
Facebook Comment