काठमाडौं । महाकाली, नारायणी र यिनका सहायक नदीहरुमा आज पानीको बहाव बढ्नेछ । तर, सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
तिनाउ नदीमा पनि बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पाँचथर, सोलुखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराह, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, रुपन्देही, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, मुगु, जुम्ला, दार्चुला, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित : २०७८ साउन ६ गते ९:४३
Facebook Comment