काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ ।
क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पार्नुभएको छ ।
काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
प्रकाशित : २०७८ साउन २ गते ९:४७
Facebook Comment