काठमाडौं । नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा आज पानीको बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुंगा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपर, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, तनहुँ, स्याङ्जा, कास्की, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, गुल्मी, प्युठान, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित : २०७८ साउन १ गते ९:२४
Facebook Comment