पोखराः गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
यस अघि एमाले सांसदले छलफलका क्रममा अवरोध गरे पछि मार्सल लगाएर प्रदेश सभामा विनियोजन विधेयक पारित गराइएको थियो । लगत्तै सभामुख नेत्रनाथ अधिकारीले बजेट निर्णयार्थ प्रस्तुत गर्न अनुमति दिएका थिए ।
त्यस समयमा एमालेका सांसद सदनबाट बाहिरिएका थिए । बहुमतका आधारमा बजेट पारित भएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरे ।
बजेटमा सत्तापक्षका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गरे पछि पारित भएको छ । यस अघि एमालेले बजेट पास गर्न नदिने रणनीति बनाएको थियो ।
प्रकाशित : २०७८ असार ३० गते १७:०६
Facebook Comment