वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २१ गते ८:१७
वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साेमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी भारी वर्षा र एक दुई स्थानमा अति भारि बर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुराेध गरेकाे छ ।

प्रकाशित : २०७८ असार २१ गते ८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI