काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
११ हजार ६४० जनामा परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित : २०७८ असार १४ गते १६:४४
Facebook Comment