पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ ।
चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो ।
बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, औषधि र खाद्य सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।
तस्बिरहरु: पत्रकार प्रकाश ढकाल
प्रकाशित : २०७८ असार ३ गते १६:२०
Facebook Comment