काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा जनताको अभिमत नै सर्वोपरी र निर्णयक भएको बताउनुभएको छ । १४ औं गणतन्त्र दिवसको अवसरमा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे हाे । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकासलक्षित र जनमुखी कार्यक्रमहरु अघि सार्दा पनि सरकारका कामकारबाहीहरुमा बाधा उत्पन्न गराएर प्रतिनिधिसभा भंग गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।
उहाँले जनादेशले नै जनताको अपेक्षालाई पुर्नरताजगी गर्ने र निर्वाचनपछि गठित सरकारलाई जनअपेक्षा अनुसारको काम गर्न उत्प्रेरित गर्ने हुनाले सोही अनुसार नै मध्यावधि निर्वाचनको घोषणा गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको र यससँगै आगामी मध्यावधि निर्वाचन पहिलो चरणको कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गने हुने पुनः दोहो-याउनुभयो ।
प्रकाशित : २०७८ जेठ १५ गते ९:५०
Facebook Comment