काठमाडौँ । गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।
भ्वाइस अफ नेपालको अहिले जारी प्रतियोगिता अन्य सहभागिलाई पनि कोरोना देखिएपछि गत सातादेखि स्थगित भएको थियो ।
प्रकाशित : २०७८ जेठ १४ गते २०:०६
Facebook Comment