कावासोती । नवलपुरको बौदीकालीमा थप ५९ जनामा कोरोना भाईरस(कोभिड१९) संक्रमण पुष्टि भएको छ । बौदीकाली गाउँपालिका वडा नं. ५ र ६का ५९ जनामा संक्रमण भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
वडा नं. ५ र ६का विभिन्न टोलमा गरिएको एन्टिजिन परिक्षणमा ५९ जनामा संक्रमण देखिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं. ५ का ७ जना र वडा नं. ६ का ५२ जना संक्रमित देखिएका छन् ।
कार्यालयका अनुसार वडा नं. ५ का ५ जना पुरुष र २ जना महिला तथा वडा नं. ६ का २८ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको छ । कोभिडको दोस्रो लहर सुरु भएयता बौदीकालीमा संक्रमित हुनेहरुको संख्या १०४ पुगेको छ । संक्रमण भएका ८१ जना होम आईसोलेसनमा रहेका छन भने २३ जना संक्रमणमुक्त भएका छन ।
Facebook Comment