कावासोती । कावासोती-८ का ३८ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु भएको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वैशाख १ गते कोरोना संक्रमण देखिए पछि चितवन मेडिकल कलेजमा उपचाररत उनको बुधबार बेलुकी मृत्यु भएको हो ।
यो सँगै कोरोनाको दोस्रो लहरमा कावासोतीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रकाशित : २०७८ जेठ ६ गते १९:१३
Facebook Comment