कावासोती नगरपालिका वडा नं ३ कि ४३ वर्षीय महिलाको चितवन मेडिकल कलेजमा दिउसो २:२९ बजे मृत्यु भएको छ ।
काठमाडौमा पिसिआर परिक्षण गर्दा वैशाख २८ कोराना संक्रमण देखिएको उनको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा उपचार क्रममा मृत्युु भएको कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले बताए । मृतक महिला काठमाडौमा व्यवसाय गरेर बसेको र कोरोना संक्रमण देखिए पछि उपचारको क्रममा काठमाडौमा बेड नपाईए पछि उपचारको लागि चितवन ल्याईएको अध्यक्ष श्रेष्ठले बताए।
मृतकको देवघाटमा नेपाली सेनाको सहयोगमा दाहासंस्कार गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
मृतकको परिवारको सदस्यको पिसिआर परिक्षण शनिबार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रकाशित : २०७८ वैशाख ३१ गते २०:४३
Facebook Comment