कावासोती । कोरोना संक्रमणबाट नवलपुरको कावासोति-८ का ७१ वर्षीय पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पताल चितवनमा उपचाररत पुरुषको बिहिवार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । गत बैशाख २८ मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा सोहि दिन संक्रमण पुष्टि भएको उनलाई थप उपचारको लागी वैशाख ३० गते भरतपुर पठाईएको थियो । उपचारको क्रममा भरतपुर उनको मृत्यु भएको बताईएको छ ।
प्रकाशित : २०७८ वैशाख ३१ गते १०:०६
Facebook Comment