कावासोती । नवलपुरको कावासोती-८ कि ५२ वर्षकी महिलाको चितवनको पुरानो मेडिकल कलेजमा कोरोना संक्रमणले मृत्यु भएको छ ।
गत वैशाख १७ गते मध्यविन्दु जिल्ला अस्पतालमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पछि उनलाई थप उपचारको लागि वैशाख २२ गते भरतपुर पठाईएको थियो ।
उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
यो सँगै कोरोना संक्रमणले शुक्रबार मात्रै जिल्लामा ३ जनाको ज्यान गएको छ भने २०७७ वैशाख १ देखि हाल सम्म १० जनाले ज्यान गुमाईसकेका छ्न ।
प्रकाशित : २०७८ वैशाख २४ गते २०:१५
Facebook Comment