कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गएको छ ।
गत वैशाख २० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिए पछि होम आईसोलेसनमा रहेको उनको वैशाख २२ गते राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिएका छ्न ।
यो सँगै जिल्लामा कोरोना संक्रमणले मृत्युु हुनेको संख्या ३८ पुगेको छ ।
प्रकाशित : २०७८ वैशाख २३ गते ८:२०
Facebook Comment