बर्दिया । विगत केही महिनादेखि बर्दियामा आतंक मच्चाईरहेका २ वटा बाघ नियन्त्रणमा आएका छन् । वुधवार गेरुवा गाँउपालिका र विहिवार मधुवन नगरपालिका ३ खाता जैवीक मार्गको गौरी सामुदायीक वनबाट भालेबाघलाई बेहोस गरि नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्ले जानकारी गराएको छ । गेरुवा गाँउपालिकामा नियन्त्रणमा लिईएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा राखिएको छ । आज मधुवनमा नियन्त्रणमा लिईएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा पठाईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी गराएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज,वन,प्रकृति संरक्षण कोषका कर्मचारी,नेपालीसेना र चितवनबाट आएको डाट बिशेषज्ञ टोलीको संयुक्त प्रयासमा २ वटा बाघनियन्त्रणमा लिइएको हो । यस आर्थिक बर्षमा मात्रै बर्दियामा जंगली बाघको आक्रमणमा परि ९ जनाले ज्यान गुमाई सकेका छन् भने कैयौ घरपालुवा जनावरलाई बाघले मारेको छ । अन्य बाघको गतिविधी अनुगमनका लागि संवेदनशील क्षेत्रमा क्यामेरा जडान गरि मनिटरिङ गरिने निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २ वटा बाघ मात्र राख्न सकिने उद्धार केन्द्र भएकाले मधुवनमा नियन्त्रण गरिएको बाघलाई बाँके पठाईएको छ ।
Facebook Comment